मनोज गजुरेलकी पूर्वपत्नी मिनाले डिभोर्सको वार्षिकोत्सव मनाउने ,,
पुस १० ,हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना आज भोलि मिडियामा खुबै छाएकि छन।
उनले केहि महिना अगाडी मलाई मनोजकि श्रीमति भनेर अब नजोड्नुस पनि भनेकी थीइन । उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।
‘हो मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।
डिभोर्स भएको एक वर्ष भयो जिबन कसरि बिताउनु भएको छ भन्दा उनले जवाद दिईन ‘भोली चियापानमा आउनुस, त्यहीँ भन्छु है ।मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए ।
उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।
बाहुन संग बिहे गर्दा पछुताए अब दलित र आफु भन्दा कान्छो संग बिहे गर्छु भनेर भनिन भन्ने समाचार अहिले सामाजिक संजालमा निकै भईरल भएको छ ।