चोरीमा युवतीदेखि सुन पसलेसम्म,९ जना पक्राउ ,,

पुस १० , काठमान्डौ – राजधानीमा चोरी चकारी गर्ने ६७ जना गिरोह प्रक्राउ परेको केहिदिनमा प्रहरीले पुन ९ जना पक्राउ गरेको छ। जसमा युवती पनि संलग्न छन्।

सोमबार साँझ महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट एक प्रहरी टोली गस्तीको क्रममा नयाँबसपार्क पुगेर त्यो क्षेत्रको निगरानी गरिरहेको थियो । प्रहरीको आँखा गोगंबुस्थित बैंकुण्ठ गेष्ट हाउसमा पर्यो ।

गेष्ट हाउस नजिकैबाट शंका लागेर एक व्यक्तिलाई प्रहरीले सोधपुछ गर्न थाल्यो । वर्ष २१ का चाइनिज भनिने सुमन थापालाई खानतलासी गर्दा उनको साथबाट प्रहरीले चोरीको सुनका गहना फेला पार्यो । सो लगत्तै थापालाई केरकार गर्दा गेष्ट हाउसमा थप केही साथीहरु रहेको बताए ।

गेष्ट हाउसको ३०१ कोठा नम्बरमा पुगेर जब प्रहरीले ३ महिलासहित ७ जनालाई नियन्त्रणमा लियो त्यसपछि अर्को नयाँ रहस्य खुल्यो ।उनीहरु सातैजना चोरी कार्यमा संलग्न रहेको पाइएको र चोरीका गरगहना काठमाडौं महानगरपालिका,१६ स्थित कुमारीस्थानमा रहेको एक सुनचाँदी पसलमा बेच्ने गरेको खुल्न आयो ।

उक्त सुनचाँदी पसलमा बेच्ने गरेको पाइएपछि प्रहरीले पसलकी सञ्चालिका सबिता सुनारलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको छ ।बिताको सूचनाको आधारमा प्रहरीले चोरीका गहना किन्ने कार्यमा संलग्न गौतम मन्ना नाम गरेका भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत, महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले ९९९९ गोल्डेन अर्नामेन्ट एन्ड ज्वेलरीमा कार्यरत गौतम मन्नालाई ६२.२० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । उनीहरु संग थप अनुसन्धान भईरहेको छ।