प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी ,

पुस,११ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल गर्न बुधबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी सहभागी भएका हुन् ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलो चोटी आज मात्रै सहभागी हुने अवसर पाएँ, आउन चाहँदा चाहँदै अन्य कामको चापले आउन सकेको थिइनँ’ उनले भने ‘संयोगचाहिँ अधिवेशन सुरु हुदैछ । पार्टीमा सल्लाह गर्दा यो समयदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुने भनेर म आएको छु ।’

प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान जारी भएपछिको सबैभन्दा संवेदनशील विषय भएको बताए । उनले नयाँ प्रयोगमा जाँदा केही जटिलता महसुस हुनु अन्यथा नहुने भन्दै विभिन्न पक्ष विचार गरेर समायोजन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेन भन्ने गुनासो धेरै आएको भन्दै प्रचण्डले संघीयताको मान्यता अनुसार प्रदेश र स्थानीय तहमा महत्वका साथ कर्मचारी समायोजन गर्नुपर्ने बताए ।अधिकार सिंहदरबारमा नराखेर स्थानीय तहमा पनि लैजाने हो’ समायोजन प्रक्रियाबारे कुनै कमजोरी भए सच्याउने छौ दाहाल भने ।’