उपत्यकामा ३ सय विद्युतीय बस संचालनमा आउने ,,

पुस १२ , काठमान्डौ – सरकारले काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो बारेमा नीतिगत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’। काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।

त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।हालैमात्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंमा दुईवटा विद्युतीय बस ल्याइएको थियो । तर चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् ।

मन्त्री बास्कोटाले भने ‘गाह्रो त हुन्छ ,तर विद्युतीय बस ब्यवस्थापन गर्न आवश्यक भइसकेको छ । निजी क्षेत्रले पनि यसमा सहयोग गर्छ र सरकारले त्यसलाई सहजीकरण गर्ने हो ।

मास ट्रान्सपोटेशनको हिसाबले जुन गाडि आउँछन्, त्यो एउटा नमुनाजस्तो हुन्छ । त्यो भ्यालीमा मात्र हैन देशैभर जान सक्छ । निजी क्षेत्रलाई नी समावेश गराइन्छ ।चार्जिङ स्टेशनहरुको पनि कुरा हुन्छ ,उनले भने।