suekhet
bheriad

सपथ खान पाउँ’ भन्दै दीपकको निवेदन ,

lekabesi

पुस १२ पोखरा – अदालतको फैसलापछि रिहा भएका दीपक मनाङे भनिने राजीव गुरुङले गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको सपथ खान पाउँ भन्दै बिहीबार निवेदन दिएका छन् ।

मनाङ जिल्ला ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ थुनामुक्त भएको एक साता नबित्दै निवेदन दिएका हुन् । बिहीबार मध्यान्ह सेतो स्कारपियोमा गण्डकी प्रदेशको संसद सचिवालय प्रांगणमा पुगेका उनले आफ्नो प्रतिनिधि मार्फत प्रदेशसभाको सपथ खान पाउँ भन्दै निवेदन दिएका हुन् ।

गुरुङ तत्कालिन नेकपा एमालेबाट मनाङ जिल्लाको ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्यको सपथ लिन नपाइ पक्राउ परेका थिए ।

गुरुङले दिएको निवेदन १८६ नम्बरमा दर्ता भएको छ । गण्डकी प्रदेशको संसद सचिवालयले भने यसको बारेमा सूचना दिन मानेको छैन । मनाङेले दिएकाे निवेदनमा प्रदेशसभा सदस्रयकाे हैसियतमा सपथ खान पाउनु कानुन सम्मत भएकाे व्यहाेरा छ ।

सपथका लागि निवेदन दिए पनि उनीविरुद्धको मुद्दाको फैसला नभइसकेकोले छिटै उनले सपथ लिन भने नपाउने बुझिएको छ ।