समवेदना सन्देशमा ‘बधाई’ दिने कर्मचारीमाथि कारबाही गरिने ,,
पुस १२ काठमाडौं – परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा ज्वालामुखी विस्फोट पछि गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने कर्मचारीमाथि कारबाही सुरु गरेको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्बन्धित अधिकारीमाथि कारबाही सुरु भएको बताएको हो । ‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।
परराष्ट्रले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटी र आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो उल्लेख गरेको हो ।
सम्माननीय राष्ट्रपतिज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ ।समवेदना पत्रमा सुभकामना भनेर लेखिएको थियो।