प्रदिप र विशालको बयान आँखामा पट्टि बाँधेर पाईपले हानेर १५ मिटर सम्म उचालियो भित्रै मार्ने धम्कि ,,

पुस १२ , काठमान्डौ -कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुग्न लाग्दा पनि प्रहरीले अहिले सम्म दोषी पत्ता लगाउन सकेको छैन ।अँधेरोमा हानेको झटारो लाग्छ कि भन्दै प्रहरीले सर्वसाधारणमा ज्यादती गरेको छ।

दोषी भनेर हिरासतमा राखीएका प्रदिप रावल र विशाल चौधरीलाई प्रहरीले हिरासतमा राखेर मर्नानुसम्म कुटेको कुरा बाहिर आएको छ ।, प्रदिप र विशाललाई अलग -अलग राखेर आँखामा पट्टि बाँधेर , पाईपले हान्ने ,कन्चटको कपाल उखेल्ने ,१५ मिटर माथि सम्म उचाल्ने पछार्ने र जबर्जस्ति आरोप स्विकार्न लागयाको रहस्य खुलेको छ।

प्रदिप र विशाल आज न्युज २४ मा आयर पत्रकार रविलामि छाने संग पनि बयान दिएका छन्। विशाललाई पुलिस बनाईदिमला आरोप स्वीकार समेत बोल्न लगाईएको छ ।नेपालि कानुन अनुसार प्रहरीले विशाललाई पक्राउ गर्न पनि मिल्दैन किन कि उनि जम्मा १६ वर्षका भए ।

lekbesi

प्रहरीले प्रदिप र विशालको डीएनए चेक पनि गरेको थियो जुन नेगेटिभ आयको छ। प्रहरीको कुटाई बाट विशाल गम्भीर बिरामी छन् ,जसलाई घर परिवारले उपचारको लागि काठमान्डौमा ल्याएको छ ।दुबैले भने बाँच्ने आसा हरायको थियो तेती सम्म पिडा दियो प्रहरीले ।

कुनै ठुलै मान्छेको साथ् भयर प्रमाण नस्ट बनायर हामिलाई दु:ख दिएको हो, प्रदिपले भने ,हामिलाई कुट्ने प्रहरीलाई कारबाही हुन पर्छ।प्रदिप र विशालले निर्मलालाई कहिले नदेखेको भन्दा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मेरो अगाडी ढुंगा पनि बोल्छ भन्दै डर देखाएको समेत बयानमा छ।

निर्मलाका बाबु आफ्नो छोरीको न्याय माग्दा साईकोटिक भएर अहिले काठमान्डौमा उपचार गरिरहेका छन् यो घटनामा प्रहरी सँगठन फेरी चुक्नुका साथै बदनामी बनेको छ । साथै बिनाकारण प्रदिप र विशाललाई याताना दिएको भन्दै परिवारले प्रहरी विरुद्द उजुरी पेश गरेको छ।