टेलिकमको प्रबन्धक कामिनी पछि को ? प्रबन्धक बन्न टेलिकमभित्र बाटै ७ जनाको उमेद्वारी ,,

पुस,१३ काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न योग्य र आफ्नो प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।

२ जनाले भन्ने आफ्नो योग्य प्रस्तुतीकरण दिन सकेका छैनन ,११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको नाम गोप्य छ ।

नेपाल टेलीकमकि प्रबन्धक कामिनी राजभण्डारीलाई साउन २९ गतेको मन्त्रीपरिषदले बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ । टेलिकमको रिक्त पद पुरा गर्नको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।

lekbesi

अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । यस्तै पूर्वा प्रवनध निर्देशक बुद्धि आचार्य पनि आकांक्षीका रुपमा देखिएका छन् ।

प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् ।