चलचित्र रामकहानी अमेरिकामा शो ,,
चलचित्र राम्काहानी अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । जनवरी महिनाको पहिलो साताबाट यो चलचित्र अमेरिकाको न्यूयोर्क, बाल्टिमोर, भर्जनिया लगायतका शहरमा प्रदर्शन हुन लागेको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।
सुदर्शन थापा र पूजा शर्माको लगानीमा बनेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र कमेडी तथा भूतको कथामा निर्माण भएको छ । जसमा एक राम भन्ने ब्याक्ति पात्र छन् ।