surkhet

स्वर्गीय राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती मनाईयो ,,

surkhet

पुस १४ ,काठमाडौं- राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनी प्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्र्यापण गरि सम्झना गरेका छन् ।

विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालिन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए ।

Gorkha

२०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए ।उनले आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सीमिति राखेका थिए ।

Dailekh

उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।२०५८ जेठ १९ गते पारिवारिक जमघटको समयमा दरबारभित्र चलेको गोलीकाण्डबाट उनको निधन भएको थियो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म पनि रहस्यमै रहेको छ ।

salyan