surkhet

सुर्खेतबाट हराएका ३ बालिका बुटवलमा भेटिए ,,

surkhet

पुस १५ , सुर्खेत- गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्। पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन्।

परिवारले खोजीका लागि प्रहरीसँग निवेदन दिएपछि सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरी खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक निरज चौलागाईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आइतबार बिहान बुटवल बसपार्कमा भेटाएको जानकारी दिए।

सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए।

Dailekh
Gorkha

यमुना र निशा कक्षा ९ मा छात्ता हुन् भने, रिचिमा कक्षा ७ की छात्रा हुन्।हराएकै दिन सल्ली बजारबाट मिलन विक नामका सवारी चालकले सल्लीबजारबाट आफ्नो गाडीमा छिन्चुमा रहेको आफ्नो घरमा लगेका थिए।

प्रहरी र परिवारले गाडी चालक मिलनलाई सोधपुछ गर्दा उनले आफूले निशुल्क घरसम्म ल्याएको र रातपरेपछि आफ्नै घरमा खाना खुवाएर बास दिएको बताएका थिए।उनीहरुले बुटवल फुपुको घरमा जाने भनेपछि बुधबार बिहानै छिन्चुबाट नेपालगन्जका लागि १९०४ नम्बरको बसमा मिलनले तीनैजना बालिकालाई चढाइ दिएका थिए।

बालिकाको साथमा एकजना अपरिचित ब्याक्ति पनि भेटिएका छन्। ति ब्याक्ति संगै बालिका हरुलाई सल्लीबजार पठाउने कुरा भएको छ ।साथै अपिरिचित ब्याक्ति को हुन् भन्ने खुलेको छैन।

salyan