Gold

पत्रकार आचारसंहिता तथा डिजिटल संवाद कार्यक्रम सम्पन्न ,,

Naumule Migrate

पुस १५ , काठमाण्डौ – पत्रकारहरुको हक हितको लागि र पत्रकार आचारसंहिता पालानाको लागि काठमाण्डौमा एक कार्यक्रमको विशेष आयोजाना गरिएको छ ।’पत्रकार आचारसंहिता डिजिटल संवाद ‘ कार्यक्रमको उद्घाटन रक्षामन्त्री इश्वर पोखरेलले गरेका थिए ।कार्यक्रम काठमान्डौको बागबजार स्थित होटल हार्दिकमा सम्पन्न भएको थियो । रक्षामन्त्री इश्वर पोखरेलले कार्यक्रम सफलताको कामना ब्यक्त गरेका छन् ।

प्रेस काउन्सिलले गरेको कार्यक्रममा पत्रकार महासंघ काठमान्डौ जिल्ला शाखाले संयोजन गरेको हो। कार्यक्रममा पत्राकार र संचारमाध्यामले पालना गर्नपर्ने नियम पनि प्रस्तुत गरिएको छ ।

काउन्सिलका सदस्य इश्वरीप्रसाद ओझाले कार्यक्रममा बोल्दै भने, काउन्सिल पत्रकारहरूकै हितमा काम गर्ने, संरक्षण गर्ने संस्था हो,। पत्रकारको अन्तिम न्यायालय पनि यही हो । हामीले आचारसंहिता पालना गराउने मात्र होइन आफूले पनि पालना गर्नुपर्छ ।किनकी हामीपत्रकार हौ ।

ओझाले अगाडी थप्दै भने ,कार्यान्वयन गर्न नसकिएको हुन सक्छ, काउन्सिलप्रति गुनासो राख्नु स्वाभाविक पनि छ ।पुरानो ऎनबाट काम चल्दै आएको छ, नयाँ ऎन आउदैछ, काउन्सिललाई थप फराकिलो बनाउनुछ।

कुनै पनि पत्रकारले आफ्नो कर्म गर्दा ,लेख्दा ,आफु प्रति जवाफदेही भई आचारसहिता भन्दा बाहिर गएर काम नगर्नपनि ओझाले आग्रह गरेका छन् ।कार्यक्रममा संचारमाध्यामका थप्रै ब्याक्तित्व हरुको विशेष उपस्थिति थियो।

Image may contain: 4 people

Naumule Badhipahiro