सिन्धुपाल्चोकको चौतारामा आगलागी हुँदा ९० लाख को क्षति ,,

रंग दर्पण ५ फागुन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा हिजो राति आगलागी भयको छ आगलागीमा झण्डै ९० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको दमकल द्वारा राति नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

आगलागीबाट विद्युतीय सामग्री, फर्निचर कम्प्युटरलगायत नष्ट भएको छ । त्यहाँ कार्यरत चौकीदारले विद्युत् प्रवाह भएर आगलागी भएको बताए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lekbesi