भ्रस्टाचार प्रति खबरदारी गर्न निर्माण चलचित्र सय कडा १० को ट्रेलर रिलिज ,,

चलचित्र सय कडा १० को ट्रेलर सार्वजानिक भयको छ। चलचित्रले भ्रस्टाचार गर्ने प्रति खबरदारी गर्दै आवाज उठाएको छ। चलचित्रले नेपालका विभिन्न सेक्टरमा हुने घुस ,पैठ र भ्रस्टाचारलाई चित्रण गरेको ट्रेलरमा देख्न सकिन्छ।

चलचित्रलाई दर्शन नेपाल कृएसनले प्रस्तुत गरेको छ, यो चलचित्रमा हास्य व्यंग्य कलाकार मनोज गजुरेल , राजा रामपौडेल ,अमृत ढुंगाना ,कुरना श्रेष्ठ ,उत्सब न्यौपाने , सोनिया राई लगायतका कालाकार छन् ।

चलचित्रलाई राज्जु प्रधान , उत्तम खत्री ,डि , आर उपाध्या ,सन्जिब न्युपानेले निर्माण गरेका हुन् ।राजाराम पौडेल सहनिर्मातामा छन् ,साथै मनोज निरौला ,बालकृष्ण घिमिरे ,साजन थापाको पनि चलचित्रमा लगानी छ ।राम शरण पाठकको लेखन, निर्देशन ,कथालाई चलचित्र सय कडा १० लाई रामेश्वर कार्कीले खिचेका हुन् ।

चलचित्रमा बनिश शाह र भुपेन्द्र अधिकारिले सम्पादन छ ।चलचित्रले केहि महिना अगाडी दाईलाई कुरा लाईदिने सातो खाईदिने बोलको गीतपनि रिलिज गरेको थियो । अहिले निकै भाइरल बनेको गीतलाई दिलिप ओखेडाले कोरियोग्राफर गरेका हुन् ।

 

कोरियोग्राफर दिलिप ओखेडा ,,

 

मुम्बईमा बलिउड कलाकार संग काम गरेका दिलिप नेपालि चलचित्रमा पनि छाएका छन् ।बलिउड डान्स सिकेका दिलिपले बलिउडकै तरिकाले गीतलाई कोरियोग्राफर गरेको देखिन्छ ।गीत हिट भएपछि नेपालि चलचित्रमा दिलीपको माग बढेको छ ।

चलचित्र लप्पन छप्पन २ मा काम गर्ने अफर आयको दिलीपले रंग दर्पणलाई जानकारी गरे ।दिलीपले डिल्ली बजारमा बलिउड डान्स मोसन कलास संचालन गरेका छन् ।चलचित्र माघ १८ बाट हलमा प्रदर्शन हुने छ।