निर्मला हत्या अनुसन्धान बुझ्न कञ्चनपुर पुगे आईजीपी सर्वेन्द्र खनाल ,

पुस १५ ,कैलाली – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार,हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन् । आईतबार बिहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैंले प्रत्यक्ष लिँदै आएका छन् ।

lekbesi

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार,हत्याबारे लामो समयदेखी अनुसन्धान गरिहरेको भएपनि नतिजा आउन सकेको छैन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवरसहित अपराध अनुसन्धानमा काविल मानिने प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावललाई पनि आईजीपी खनालले निर्मला हत्याको अनुसन्धानमा समावेश गरेका छन् ।

आईतबार बिहान कैलालीस्थित नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण गरेका खनालले त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए । मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गरेका खनालले त्यहँका स्थानीय महिला, समाजसेवी तथा अधिकारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउने नाममा प्रहरीले अहिले सम्म संकास्पद ब्याक्तिलाई लिएर अनुसन्धान गर्नुका साथै डिएनए पनि चेक गरिसकेको छ ।तर सबैको रिपोर्ट नेगेटिभ आयको थियो ।गत साउन १० गते निर्मला होमओर्कको लागि साथिको घरमा गएकि उनि ११ गते बिहान उखुबारीमा बलात्कार पछि मृत अवस्थामा फेला परेकी थिईन।