Gold

टोपी दिवस कि नँया वर्ष हजुरको रोजाई कुन ,

Naumule Migrate

पुस १६ ,काठमान्डौ – २०१९ यानी जनवरी १ आज बाट शुरु भएको छ ,। २०१८ लाई बिदाई गर्दै विभिन्न मुलुकमा नँया वर्ष २०१९ मनाईदै छ ।नेपाली हरुको नँया वर्ष वैशाखलाई मानेपनि विदेशी मितिलाई नेपालमा पनि नँया वर्ष मनाउने गरिन्छ ।

चासो को कुरा यो छ कि ? जनवरी १ को दिनमै टोपी दिवस पर्छ ।, नेपालीको पहिचान ढाका टोपी बहादुरको शान र मान हो ।नेपालमा दौरा सुरुवाल र ढाका टोपी प्राचिनकाल देखिने लगाउदै आईरहेको अवगत छ ।

ढाका टोपी लगायर विश्वको जुनसुकै ठाँउमा जानुस तपाई नेपालि भयर चिनिनुहुन्छ ।रास्ट्रिय पोशाकको रुपमा प्रयोग गरिने राष्ट्रियपन झल्काउने साथै यसको जगेर्ना गर्ने हेतुले २०१४ जनवरी १ बाट टोपी दिवसको रुपमा मनाउने गरिएको छ ।

विशेष गरि पहाडी जिल्लामा रहने सबै नेपालि हरुले ढाका टोपी लगाउने गर्दछन। त्यो उनीहरुको संस्कार पनि हो ।नेपालका विभिन्न जिल्लामा , पाल्पा ,पोखरा , तेरहथुममा टोपी बुनिन्छ ,। भक्तपुरमा कालो टोपी बनाइन्छ। यो मध्य पाल्पालि ढाका टोपीलाई देशकै उत्क्रिस्ट टोपी भनेर मानिन्छ ।प्राय साधारण कपडाबाट टोपी बुने पनि यसको नेपालमा ठुलो महत्व छ।

यसले अन्तरास्ट्रिय रुपमा नेपालीपनको प्रबर्दन हुने र देश भित्र पनि टोपी संस्कारलाई थप प्रचारपरासर गर्ने आशा सबैले लिएका छन्। साथै गत वर्ष जस्तै हाम्रो टोपी हाम्रो सान नेपालीको पहिचान जस्ता नाराले यो पटक पनि सबैको शिरमा कैलास जस्तै ढाका टोपीले स्थान पाउने सबै नेपालीको आशा छ। र यो दिवस सदैको लागि सकरात्माक रहने छ ।

जय टोपी दिवस ,

Naumule Badhipahiro