निर्मलापन्तको हत्या घटना आश्चर्यजनक छ प्रधानमन्त्री ओली ,

पुस,१७ काठमाडौं – निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् ।

प्रहरीले पहिलोचरणमा गल्ति गरेको कारणपनि हत्यारा पत्ता लाग्न नसकेको ओलीले भने ।प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने,।

‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्,। तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन । प्रहरीले अहिले सम्म अनुसन्धान गरेका ९५ % घटना सल्टिएका छन्। तर निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु यो अचामित छ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे ।यस घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था पनि छैन,।

त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिन्छ । फलानोलाई समानुपर्‍यो, फलानोलाई किन समातिस्, किन यता लग्यो यता लगेन आदि, जसले गर्दा पनि अध्ययन नुसन्धानको काममा ब्यवधान भएको छ ।

यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । यसको लागि सरकार लागि परेको छ ढिलो चाडो निर्मलाको हत्यारा पत्ता लाग्छ प्रधामन्त्री ओलीले भने। गत साउन १० गते घर बाट साथीको घरमा गएकि निर्मला ११ गते बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन।