रुसमा शक्तिशाली बिस्फोटबाट चारको मृत्यु ,,

पुस १७ ,बिबिसी – रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।प्राप्त जानकारी अनुसार अहिलेसम्म ४० जना बेपत्ता छन् । यद्यपी, रुसी समाचार च्यानल वेस्तीले अधिकारीको हवाला दिँदै अहिलेसम्म भवनमा बस्ने ५० जनालाई बचाइएको जानकारी दिएको छ ।

उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो ।बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ ।

भवनको भग्नावशेषबाट अहिलेसम्म १६ जनालाई निकालिएको छ जसमध्ये सातजना बालबालिका छन् । चार घाइतेलाई अस्पताल पुर्याइएको छ ।राहतकार्यमा समस्या निम्तिन सक्छ किनभने चिसो मौसममा मोग्नितोगोस्र्क शहरको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म हुन्छ । रातीको तापक्रम न्यूनतम माइनस २९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

lekbesi

राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनास्थल पुगेर राहत र बचाउकार्यको निरिक्षण गरे ।

उनले भने, ‘आज डिसेम्बर ३१ तारिख हो । संसारभरी उत्सव मनाइँदैछ तर माग्नितोगोस्र्क शहरमा यो भयानक दुर्घटना भयो । मेरो समवेदना पीडित परिवारको साथमा छ र बचन दिन चाहन्छु कि हरसम्भव मद्दत गरिनेछ ।’

दुर्घटनामा बच्न सफल एक महिलाले भनिन्, ‘घरको छत खसिरहेको आवजले मेरो आँखा खुल्यो । आँखा खोल्दा देखेँ कि घरको एउटा भित्ता गायब छ र मैले आफ्नी आमा र छोराको आवाज सुनेँ जो थिचिएका थिए ।

एजेन्सी ,,