लोक गायक जय रावलको ख्याली गीतम मन्त्रि शक्ति बस्नेतको नाचो हेर्नुहोस भिडियो ,

लोक दोहोरि क्षेत्रम छुट्टै पहिचान बनाउन सफल गायक जय रावलले आफ्नै स्थानिय स्तरमा चल्ने चर्चित गीत ख्याली गीत बजारमा ल्याएका छन्  ।कर्णाली प्रदेशमा पर्ने मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा जन्मथलो रहेका जय रावलले राजधानीलाई कर्मथलो बनाउदै आयपनी स्थानिय टोल छरछिमेकमा प्रचलित गीत बढी गाउने गर्छन  ।

, ख्याली गीत र नाच जाजरकोट जिल्लाको पुर्खेउली कल्चर रहेको रावलले रंग दर्पणलाई बताए ।स्थानियस्तरका सम्पति र धर्म , कर्मलाई बिर्सननदिने हेतुले रावलले वर्ष वर्षमा जाजरकोटमा महोत्सवपनि लगाउने गर्दछन। यो गीतमा रावलको लय , शब्द , र स्वर रहेको छ।

गीतको निर्माण पनि रावल आफैले गरेका हुन् ,उनले थुपै गीतमा संगीत पनि गरेका छन्। जाजरकोटमा नाचिने यो ख्यालीनाच काठमान्डौमा प्रथम राष्ट्रिय प्रदर्शनी २०७४ मा रास्ट्रीय सभा गृहमा पनि प्रस्तुत गरिएको थियो ।

lekbesi

लाखौले अवलोकन गरेको यो राष्ट्रिय प्रदर्शनीमा वन तथा वातारवरण मन्त्रि शक्ति बस्नेतपनि हातमा ख्याली बजाउदै नाचेका छन् ।ख्याली भाषामा रावलले एकल स्वर दिएका छन्। जाजरकोटमा ,देउडा , ख्याली , टप्पा , सुवा , जस्ता गीतहरु गाउने गरिन्छ।

कस्तुरी म्युजिक प्रालिले प्रस्तुत गरेको गीतलाई गायक राजु सुनामले एरेनज गरेका छन्। स्थानिय पोशाक , तरवारनाच , नाम्लोमा कलाकारले नाच देखायका छन् ।

कृपया यस्तै ताजा समाचार र रमाईला भिडियो हेर्नको लागि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद ,,https://www.facebook.com/rangadarpan1/messages/

हेर्नुहोस भिडियो