suekhet
bheriad

वाम एकतालाई कसैले रोक्न सक्दैन “प्रचण्ड”

lekabesi

रंग दर्पण ५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए ।तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उनको दाबी छ । ‘गठबन्धन फुटाउने षड्यन्त्र हुँदैछ, त्यसलाई अन्तिम समयसम्म पुरा हुन दिन्नँ’ उनले भने ।
वाम एकता भाड्न दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु लागेको भन्दै उनले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गरे ।