suekhet
bheriad

प्रेमनाथको ट्रेलर रिलिज एक्सनले भरिपुर्ण ,,

lekabesi

चलचित्र ‘प्रेमनाथ’को फस्टलुक र ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा एक्सनले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सलाई देखाइएको छ ।

चलचित्र निर्देशक गणेका बेलवासेले हुन् । चलचित्रमा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राइ लगायतको अभिनय छ ।

यो चलचित्रबाटनै कृती गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाण्डौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा खिचिएको यो चलचित्रका निर्माता गुहेश्वरी बेलबासे हुन् ।

कपिलप्रसाद द्धा कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई छन् ।चैत्र २२ गतेबाट चलचित्र रिलिज मिति त्ए गरिएको छ।