surkhet

सर्वाधिक चर्चाको शिखर गायिका विष्णु माझीको खोजीमा जिल्ला प्रशासनले बढायो कदम ,,

surkhet

पुस २० , काठमान्डौ – चर्चित लोकदोहोरी गायिका बिष्णुमाझि प्रति जिल्ला प्रशासनले चासो देखाएको छ। अहिले सम्म उनको जिबन भूमिगत छ ।बिष्णुमाझिले अहिले सम्म जति गीत गाएपनि उनलाई कसैले देखेका छैनन् ।

स्टुडियोमा गीत गाउदा पनि सिसामा पर्दा लगायर गाउने र मुखमा कपडा बेरेर हिड्ने गरेको केहि मान्छे बताउछन ।स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए तर अहिले मेडियामा कुरा चलेपछि चासो दिएका हौ ।उनले भने ।आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको प्रजिअ निरौलाले बताए ।

Dailekh

कतिपयले यो उनीहरुको निजी मामला भएकाले दख्खल किन दिने भनेर पनि प्रश्न उठाएका छन्। तर हामीले उनको मामलामा हो भने स्वैच्छिक होला ? तर के कारणले सार्वजनिक हुन सक्नुभएको छैन भन्ने हाम्रो चासोको विषय हो ।

जिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ ।

तर, अहिलेको जमानामा यसरी कसैले लुकेर काम गर्नुपर्ने अवस्था छैन । हामि सत्य पत्ता लगाउछौ ,करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् ।

उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइलसमेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् ।यद्यपि, उनीहरु सोह्रखुट्टेतिर बढि देखिने गर्छन् । सुन्दरमणिको गीत रेकर्डिङ स्टुडियो सपना म्युजिक इन्डष्ट्रिज भने अनामनगरमा रहेको छ ।

विष्णु लोक दोहारी गायनमा अहिलेकी नम्बर एक मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै…’ अहिले अत्यधिक हिट छ ।
भुम्कम्पमा बिष्णुमाझिका जुम्ल्याहा छोरा देखेका थिए छिमेकीले ,,

विष्णुको समाचार प्रकाशित भएपछि उनका श्रीमान सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकीले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिएका छन् ।उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।

Gorkha

०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए ।

सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् ।बाहिर उहाँको बारेमा चलेका हल्लाहरु हामीलाई पनि थाहा छ । तर, हामीले जहाँसम्म चिनेका छौं, उहाँ असल व्यक्ति हुनुहुन्छ । गाउँवासीहरुसँग उहाँको राम्रो सम्वन्ध छ ।’ उनले भने ।

गाउँमा आउँदा सुन्दरमणि छोराहरु लिएर छरछिमेकमा निस्किने भए पनि विष्णु भने घरबाट खासै ननिस्किने उनी बताउँछन् ।

‘खोइ के कारणले हो, विष्णुजी गाउँमा आउँदा पनि घरबाहिर खासै निस्किनु हुन्न । उहाँकै स्वभाव हो कि अरु केही वाध्यता भन्ने चाहिँ रहस्यकै विषय छ,’ उनले भने ।

उनले सञ्चारमाध्यममा प्रश्न उठिसकेपछि विष्णु र सुन्दरमणिले जवाफ दिनुपर्ने बताए । अन्यथा सुन्दरमणिप्रति शंका झन् प्रबल बन्ने उनको भनाइ छ ।

अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारमा त्यसले कुनै समस्या ननिम्त्याएको छिमेकीले बताएका छन् । सुन्दरमणिको परिवार जातपातको विषयमा रुढिवादी नभएको समेत उनको भनाइ छ ।

‘उहाँहरुले पोखरा लेकसाइडको एक मन्दिरमा सानो जमघटमा बिहे गर्नुभयो । तर, गाउँमा भने सुन्दरमणिको परिवारले बकाइदा खसी काटेर भोज खुवाएका थिए । बिहेपछि पनि सुन्दरमणिको परिवारले विष्णुलाई अवहेलना गरेको कुनै संकेत पाएका छैनौं,’ उनले भने ।

कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा पुख्र्यौली घर छ । बाबुको मृत्यु भएपछि गाउँमा रहेको काठको घरमा अहिले सुन्दरमणिकी आमा मात्रै बस्छिन् । सुन्दरमणिका दुई जुम्ल्याहा भाइमध्ये एक भाई वैदेशिक रोजगारीमा छन् ।

पारम्परिकरुपमा खेतिकिसानी गर्ने उनीहरु मध्यमवर्गका परिवार हुन् । यद्यपि, संगीतमा लागेर सुन्दरमणि र विष्णुले राम्रै आर्जन गरेको अनुमान गरिएको छ । विष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणिले नै ल्याएका हुन् ।

विष्णुसँग भेट भएपछि सुन्दरमणिलाई निकै फलीफाप भएको छिमेकी बताउँछन् । त्यसअघिसम्म उनको करिअरले गति लिन सकेको थिएन । संगीतमा लाग्दा उनले आफ्नो पुख्र्यौली खेतसमेत बेच्नुपरेको थियो ।

salyan