भारतबाट रेल त आउछ तर चलाउने कसले नेपालमा दक्ष ड्राईभर छैनन् ,,

पुस,२१ काठमाडौं – नेपाल सरकारले नेपालमा रेल संचालन गर्ने कुरा अगाडी बढाएपनि जनशक्ति भने भारतबाट ल्याउनुपर्ने भएको छ । रेल चलाउने खासै अनुभव नभएको भन्दै आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउन लागिएको रेल्वे विभागले जनाएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए अनुसार आगामी जनवरी १० तारिकसम्म भारतसंग रेलको डिल सकाउने योजना सरकारको छ । रेल्वे विभागले भारत सरकारसँग तत्कालै ५० करोड खर्चिएर एउटा रेल ल्याउन लागेको छ ।

यो वर्ष बजेटले यो रेलमार्गमा रेलगाडी किन्न ५० करोड बजेट पनि छुट्याएको छ । अर्थ मन्त्रालयले अर्को ५० करोड दिन सहमति दिइइसकेको छ । दक्ष जनशक्ति हामि संग नभएको हुनाले हामीलाई चाहिने ड्राभइभर लगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं तलब दिएर राख्छौ उनले भने

lekbesi

‘यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो ।

तर, आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजना बनाइएको हो ।‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ मिश्र भन्छन्,’पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरुको छ ।‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् ।

मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेसन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ महानिर्देशक मिश्रले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले केही वर्ष बाहिरका जनशक्ति ल्याउँछौं ।

कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भइरहेको छ ।

सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर-जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि बनाइसकेको छ ।

 

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई ४ वर्षभत्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने योजना छ । कुर्ता-जनकपुर-जयनगर खण्डतर्फ भने लिक लगभग तयार छ ।ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको छ । पुल तथा कल्भर्ट बनिसकेका छन् । स्टेशनहरुको निर्माण पनि सकिएको छ । अब रेलगाडी आएपछि ‘जनकपुर-जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने छ ।