कालिकोट आगलागी घटनामा वडासचिव पक्राउ ,,

पुस,२२ काठमाडौं – गत पुस ८ गते कालिकोटको पलाता गाउँपालिका १ खाँडामा आगलागी हुँदा ३२ घर जलेर नस्ट भएका छन् ।आगलागी किन र कसरि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

तेही अनुसन्धानको आशंकामा प्रहरीले विवादास्पद छविका वडा सचिवलाई पक्राउ गरेको छ । गाउँपालिकाको ६ वटा वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका विष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शनिबार साँझ पक्राउ गरेर म्याद थपिएको प्रहरी कार्यालय, कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारी गरे । अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि हिजो नियन्त्रणमा लिएका हौं ‘कसुर पुष्टि भए थप कारबाही हुन्छ शर्माले भने ।

उनी स्थानीय एक खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत थिए । तर, खानेपानीको योजना लामो समय बितिसक्दा समेत पूरा नभएको स्थानीय बताउँछन् ।

उनीविरुद्ध प्रहरीमा बारम्बार उजुरी आइरहने गरेको स्रोत बताउँछ ।प्रहरी स्रोतका अनुसार मदिरा सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि प्रहरीले यसअघि पनि अनुसन्धान गरिसकेको छ ।प्याकुरेल पहिले गाविस सचिव पनि हुन् ।