हुन्डी कारोबारो बाट ठुलो मात्रामा रकम संगै कारोबारी पक्राउ ,,
पुस २२ , जनकपुरधाम – आर्थिक कारोबार हुन्डीमा संलग्न पाँचजनालाई प्रहरीले ८३ लाखभन्दा बढी रकमसहित पक्राउ गरेको छ। आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ११ किसोरीनगरबाट हुन्डी कारोबारीलाई पक्राउ गरिएको हो।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी बरामद नगदसहित सार्वजनिक गरिएको थियो। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेगाशिवपुरका ४३ वर्षीय विजय यादव हुन् भने अन्य चारजना भारतीय मुलका हुन्।
भारतको मधुवनी जिल्ला बासोपट्टी घर भइ हाल जनकपुर ११ बस्ने ४० वर्षीय सन्तोष महतो, पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर र ४० वर्षीय नरेश महतोलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।
पक्राउ परेकाबाट ८३ लाख ६२ हजार नगद नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुक र अन्य कागजातहरु बरामद गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको थपलियाले बताए। हुन्डी कारोबार नेपालमा गैरकानुनी मानिन्छ।