नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी ,,
पुस २२ ,काठमाडौं- सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा निर्देशकमा नियुक्त गरिएको जनाइएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनैट समितिले अधिकारीसहित संगीता पहाडी र बुद्धि आचार्यको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
खुल्ला प्रतिस्पर्धाबाट छानिदा सबैभन्दा बढी नम्बर पाएका अधिकारीलाई मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो
