आज तिन बजेबाट समरलभको ट्रेलर रिलिज हुदै क्युएसमा १ बजे सबैलाई ….

बहुचर्चित उपन्यास समर लभ चलचित्रले आज देखि ट्रेलर सार्वजानिक गर्ने जानकारी गरेको छ। आज तिन बजे देखि युटुबमा आफ्नो ट्रेलर सार्वजानिक हुने निर्माण पक्षले जानकारी गरेको छ।
साथै ट्रेलर आगाडी क्युएस हलमा आज १ बजे सबैलाई निमन्त्रणा गर्दै सानो कार्यक्रम रहेको पनि समर लभका निर्देशक मुस्कान ढकालले जानकारी गरे। दर्शक र पाठक वर्गको पहिलो रोजाई उपन्यास समर लभ चलचित्र मार्फत यहि माघ २५ गते बाट हलमा प्रदर्शन हुन लागेको छ।
लभ स्टोरीमा पनि फरक कथा र स्थान बोकेको समर लभलाई भ्यालेनटाईनडेमा रिलिज गरिने छ । चलचित्र समर लभको गीत र टिजरले अहिले बजारमा निकै चर्चा पाएको देखिन्छ।
समाजिक संजालको भाईरल एपस टिकटकमा पनि समर लभ निकै चर्चामा आयको छ। नेपालका थुप्रै एफएम बाट समर लभ प्रसारण हुने गरेको छ ।
चलचित्रका मुख्य कलाकारमा आसिस पिया , रेवती क्षेत्रि , सुरज सिंह ठकुरी , नम्रता श्रेष्ठ लगायतका कालाकार छन्। नाइटिङ्गेल ईन्टरटेनमेन्टले चलचित्रलाई प्रस्तुत गरेको छ। loading …..
