Simta
Gurvakot
Gurvakot

समर लभले पत्रकार सम्मेलन गर्दै गर्यो ट्रेलर सार्वजानिक ,,

चलचित्र समर लभले ट्रेलर सार्वजानिक गरेको छ । दरबारमार्ग स्थित राईजिङ्मल क्युएस हलमा एक पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले ट्रेलर सार्वजानिक गरेको हो ।

चलचित्रमा मुख्य कलाकार आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा ,सुरज सिंह ठकुरी ,शिशिर भण्डारी ,सरोज खनाल ,ओम प्रतिक जँहा हामि पनि सहाभागी भयका छौ।  ,उपन्यास समर लभका लेखक सुबिन भट्टराई भने ट्रेलर लन्चमा आउन पाएनन।

lekbesi

ट्रेलर हेर्दा दर्शकको मनजित्ने पक्का देखिएको छ । मुस्कान ढकालको निर्देशकलाई मान कृष्ण महर्जनले खिचेका हुन्।  खगेन्द्र श्रेष्ठ ,इन्दु भण्डारी निर्माता रहेको चलचित्र समर लभमा बिनोद अधिकारी सहनिर्मातामा छन्।

सोपान सरकार ,मनोज बिक संगै निर्देशक मुस्कान ढकालको पनि चलचित्रमा लगानी छ । चलचित्रले ओ साया बोलको गीत र टिजर पनि रिलिज गरिसकेको छ । गीतमा चर्चित गायक पुस्पन प्रधानको स्वर /शब्द /संगीत रहेको छ । गीतको कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् ।

चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । माया प्रेम बिछोड , मिलन कथामा निर्माण गरिएको चलचित्र समर लभलाई विभिन्न देशका स्थलमा छायांकन गरिएको छ।  नेपालि चलचित्रमा पहिलोपटक क्रुजको प्रयोग भयको छ।  सामिप्य राज तिमिल्सिना , सुबिन भट्टराईको संवाद रहेको समर लभमा सामिप्य राज तिमिल्सिनाको स्क्रिनप्ले छ ।

Simta

नाइटिङ्गेल इन्टरटेन्मेन्टले प्रस्तुत गरेको चलचित्र भ्यालेन्टाइन नजिक माघ २५ गतेबाट दर्शकमाझ हलमा आउने छ।  कार्यक्रममा सहभागी रहेका कलाकारले आ- आफ्नो मन्तब्य राखेका थिए । दर्शकले सोधेका प्रश्नको जवाफ , सवाल पनि रहेको थियो।

नायक आसिस पियालाई चलचित्रमा बेड सिन दिदा गारो भयन भन्दा पहिले गारो भयो पछि बानि परे पछि त सजिलो भयो भन्दै दर्शकलाई हासो जगाय । , नायिका रेवती क्षेत्रिले चलचित्रको कथा अनुसार बेड सिंन दिएको बताईन , । उपन्यासले मागे जति सबै कुरालाई चलचित्रमा देखाएको निर्देशक ढकालले बताए । छ घण्टाको किताबलाई ढाई घण्टामा देखाउन निकै गारो छ,तर पनि जज गर्ने हजुरहरु हो भन्दै ढकालले संकेत गरे ।

अर्की नायिका नम्रता सापकोटाले पहिले देखि पढ्दै आयको उपन्यासको चलचित्र बन्नु र आफुलाई खेल्न पाउनु भाग्यमानि भयको बताईन । समर लभको रिलिज पछि दर्शको माग अनुसार साया पनि चलचित्र बन्न सक्ने सामिप्य राज तिमिल्सिनाले जानकारी गरे ।

रंग दर्पण सम्वाददाता

ओम विकल ,,