Gold

एटीएम मेसिन फोडेर चोर्न खोज्ने दुईजना प्रहरीको फन्दामा ,,

Naumule Migrate

पुस २३ भक्तपुर – सूर्यविनायक नगरपालिका,७ स्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गर्न खोज्ने दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको तेमाल गाउँपालिका–२ सस्र्युँखर्क घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नपा,६ बस्ने २६ वर्षीय को दिनेश सुकुभटु पक्राउ परेका हुन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सोमबार सूर्यविनायकबाट समातेको हो ।

दुवैले पुस १८ गते गते राति पौने नौ बजे सानिमा बैंकको एटीएम मेसिन फोडेर चोरी प्रयास गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Naumule Badhipahiro