बाहिर सक्कली डलर भित्र कागजको बिटा ,,

पुस २४ , काठमान्डौ – नेपालमा ठगिका विभिन्न माध्याम जता ततै देखिन थालेका छन्। बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् ।महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए । उनीहरुले २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ ।

उनीहरुले लामो समयदेखि राजधानीको विभिन्न ठाउँमा डलर साटिदिन्छु भनेर एकान्तमा लगेर लुटपाट समेत गर्दै आएको बताइएको छ । पक्राउ परेका हरुसंग अनुसन्धान भईरहेको छ।