२ करोड हिनामिना गरेर मालपोतका लेखा अघिकृत फरार ,,

पुस,२४ चितवन – जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् ।मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको जानकारी दिए ।

गत आर्थिक बर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । दर्जी २५ गतेबाट फरार भए पनि त्यसको जानकारी विभागलाई समेत गराइसकिएको छ ।

दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । फोनमा सम्पर्क नभए पनि मालपोतका कर्मचारीहरु दर्जीको घरमा नै गएका थिए । दर्जीले सरकारी मोटरसाइकल र मोवाइल घरमा नै राखेर वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।मालपोतका लेखा अधिकृत हरिहर शर्मा तिवारीले दर्जीले डुबाएर गएको बताए ।

lekbesi

भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा स्टोरमा दर्जीको पनि साझेदारी रहेको खुलेको लेखा अधिकृत शर्माले बताए । जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ ।

अख्तियारमा समेत आवश्यक कारर्वाहीका लागि लेखी पठाइएको छ ।गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए ।

 

मालपोत कार्यालय भरतपुरमा दैनिक २ करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ ।मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् ।

मंसिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टा भित्र नै रकम दाखिला गर्न पत्र दियो । तर दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।

दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख शर्माले बताए । तर प्रहरीलाई भने अहिलेसम्म जानकारी गराइएको छैन ।