टोखामा हिटर पड्किँदा आगलागी ,,
पुस,२४ काठमाडौं – काठमाडौंको टोखा ११, भण्डारी टोलीमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको छ । मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगलागी भएको हो ।
घटनामा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभयको प्रहरीले जानकारी गरेको छ काठमाडौं प्रहरी परिसरका अनुसार घरमा एक्कासि हिटर पड्किँदा आगलागी भएको थियो ।