suekhet
bheriad

मलेसिया रोजगारी २ महिनापछि खुल्ने संकेत ,,

lekabesi

पुस २४ ,क्वालालाम्पुर – नेपालि कामदारका लागि मलेसिया रोजगार २ महिना पछि खुल्लने एक मन्त्रीले बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको हुनाले २ महिना सम्म लाग्न सक्ने जानकार गरेका हुन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए ।

‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भने । उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बद्धमा निगरानी गर्न गएका थिए ।

‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ । अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो ।

उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थियो । मलेसिया जाने कामदार बाट अत्यधिक मात्रामा पैसा उठाएको भन्दै नेपाल सरकारले म्यानपावर व्यावास्यीमा छापा मार्ने गरेको छ ।