डा. गोविन्द केसी फेरी अनशन बस्दै ,
पुस २५ ,काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्।कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए।
नको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप-समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य छलफल गरी पारित गरेका थिए। बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले संझौता अनुसार विधेयक पारित गरिएको दावी गरे।
उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए। सरकारसँग भएको संझौताविपरित विधेयक पारित भएपछि डा.केसी अपरान्ह ४ बजेदेखि इलाममा अनशन बस्दैछन्।उनले अनशन कहाँ बस्ने सोको बारे भने निर्णय भएको छैन।