सालको पात टपरी डबल ईतिहास दुई करोड नाघ्यो ,,
नेपाली लोकदोहोरी क्षेत्रमा डबल ईतिहास राख्न सफल लोक दोहोरि चर्चित गीत सालको पात टपरीले दुई करोड भियुज क्रस गरेको छ । देश देखि विदेशसम्म टोल टोलमा गीत घन्किदा मान्छे नै छक्क पर्छन ।
पार्टी , बिहे , कुनै पनि फंग्सन, पसलमा यो गेट घन्किने गरेको छ ।तेती मात्र हैन विदेशी नागरिक समेत यो गीत गाउदै नाच्दै गर्छन ।, लोपन्मुख जाति राउटे हरु पनि यो गीतमा नाचेको भिडियो सामाजिक संजालमा भाईरल छ ।
गीत भाईरल भयको देख्दा निर्माण पक्षनै दंग छ ।निर्देशक शिब बिक भन्छन । मैले यो क्षेत्रमा काम गर्न थालेको एक दशक बढी भयो धेरै गीत गरे तर यो गीतले यति माया दिन्छ मैले सोचेको थिएन । उनले भने ।

तेस्तै गायक कुलेन्द्र बिकले भने गीतले दर्शकको मन जित्यो खुसि लाको छ । बसन्त थापाले संगीत गरेको यो गीतमा नवराज पन्तको शब्द छ ।ज्ञानेन्द्र शर्माको सिमाट्रोग्राफ़ि रहेको म्युजिक भिडियोमा निशान घिमिरेको सम्पादन छ।
गीतमा विष्णुमाझिको स्वर सुनेपछि दर्शकले दर्शकमाझ आईदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया गरेका छन् ।
गीतमा गायक कुलेन्द्र विश्वकर्मा , बसन्त थापा , मरिस्का पोख्रेलको अभिनय छ ।यहि गीतबाट मरिश्का पोख्रेलले बलिउडमा प्रवेश गर्ने संकेत देखिएको छ ।उनले केहि दिन अगाडी हिन्दि गीतमा पनि अभिनय गरेकी छिन।