surkhet

छाउँगोठमा आगलागी हुँदा आमासहित दुई छोराको मृत्यु ,,

surkhet

पुस २५ ,बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिका ९ मा छाउँगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका, ९ बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छोरा रमित बोहरा रहेका छन्।

चिसोको बेला ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले बताए।

Gorkha

आगोको धुँवाले कोठाभित्र निस्सारिएर उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको वडा अध्यक्ष खडक बोहराले बताए। मृतक अम्बा बोहराका श्रीमान रोजगारीका लागि भारतमा छन्।

Dailekh

श्रीमतीको मृतुको खबर आफन्तले खबर गर्दीएपछि श्रीमान् स्वदेश फर्कीएका छन् सानो आकारको र बन्द गोठ भएकै कारण निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ। डीएसपी भाट नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेर अध्ययन सुरु गरेको छ।

मृतक तीनै आमा छोराको शव पोस्मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको छ।

salyan