सप्तकोशीमा चल्यो पानीजहाज ,,
पुस २६ , काठमान्डौ – वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानि जाहज चल्छ , नेपालमा रेल आउछ , काठमन्डौमा मनोरेल गुडछा भन्दा विपक्षि तथा प्राय सबैले हासोमा उडाउने गर्दथे ।, यो उखान अहिले सम्म पनि चलिरहेको छ।
समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले त अहिलेसम्म मूर्त रूप लिएको छैन ।तर नेपालकै सप्तकोशी नदीमा भने निजी क्षेत्रका लगानीकर्ताले धमाधम नेपाली झण्डा गाडिएका साना पानीजहाज (जेट बोट) धमाधम चलाउन थालेका छन्।
हालमा बराहक्षेत्र मेरिन रिसोर्ट प्रालि’ले नयाँ जहाज ल्यायो।नेपाली झण्डा गाडिएको त्यो जहाज अहिले चाइनिज प्राविधिकले सप्तकोशीमा परीक्षणका रूपमा कुदाइरहेका छन्। जसमा २५ जान मान्छे बसेर यात्रा गर्नसक्ने छन्

प्रालिले अझै एक सय यात्रु अट्ने ठूलो जहाज र १०-१० जना अट्ने साना जहाज ल्याउन लागेको प्रालिका सञ्चालक नवीन पौड्याल बताउँछन्। बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनालले जहाजको उद्घाटन गरेका थिए।
अहिले प्रालिले चार वटा जहाज चलाउन मिल्ने गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाइरहेको छ। प्रालिले चार वटा जहाज ल्याउन र कोसी टापुमा रिसोर्ट बनाउन गरी जम्मा करिब ८ करोड १२ लाख रुपैयाँको लगानी गरेको सञ्चालक पौड्यालले बताए।
जसले गर्दा सप्तकोशीमा घुम्न आउने र पहाडका बासिन्दालाई यातायातको सुविधा उपलब्ध हुने साथै आपतविपदमा परेकालाई पनि सहयोग हुने पौड्यालले भने ।
यसअघि ‘बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि’ले २०७४ चैत १९देखि कियान नामको एउटा जहाज चलाइरहेको छ। जहाजले चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई सेवा दिइरहेको छ।
करिब तीन करोड रुपैयाँ लगानी भएको भनिएको प्रालिका सञ्चालकमध्ये एक पर्शुराम राई ‘कवि’का अनुसार एउटा जहाजमा दैनिक सरदर दुई सय यात्रु ओहोरदोहोर गरिरहेका छन्। ‘नियमित यात्रुबाहेक घुम्न आउनेहरू पनि बढिरहेका छन्,’ उनले भने, ‘बोट चढ्न आउनेहरू खुशी भएर फर्किन्छन् र फेरि अरू साथी लिएर आउँछन्।
सप्तकोशीमा नेपाल रिभर ट्रान्सपोर्ट र वरुण वाटरवेजले २०५५ सालदेखि नै जेटबोट सञ्चालन थालेको थियो। करिब साढे चार करोड रुपैयाँ लगानी गरेर स्थानीय अशोक थापा लगायतले सञ्चालनमा ल्याएको जेटबोट सुरुमा राम्रै चलेको थियो तर बीचमा दक्ष चालक अभाव र विभिन्न समस्याले बन्द भएको बोट अहिले पुनः सञ्चालनमा छ।
‘बीचमा बन्द भए पनि अहिले चलाइरहेका छौँ,’ प्रालिका म्यानेजर शंकर कार्कीले भने, ‘दैनिक दुई सय हाराहारी यात्रु बोक्छौँ। नयाँ कम्पनी थपिँदै जाँदा यात्रुको संख्या पनि बढिरहेको छ।
त्यसो त प्रदीप नेपाल, हरिवैरागी दाहाल लगायतको टोलीले पनि केही वर्षअघि सुम्निमा जल यातायातमार्फत जहाज सञ्चालन गरेका थिए। तर, जहाज दुर्घटना भएर सप्तकोशीमै हरायो। एक स्थानीय युवा पनि जहाजसँगै बेपत्ता भए। त्यसपछि कम्पनी पनि बेपत्ता भयो। दुर्घटनापछि केही समय सप्तकोशीमा जहाज चलेनन्। तर, अहिले धमाधम नयाँ कम्पनी बढिरहेका छन्।
सरकारले २०२७ सालमै पानीजहाज दर्ता ऐन र २०२८ सालमा ‘नेपाली पानीजहाज दर्ता नियमावली २०२८’ जारी गरेको थियो। तत्कालीन राजा महेन्द्रले ‘पञ्चायतको सल्लाह र सहमतिमा’ बनाएको ऐनले नेपाली जहाजले समुद्र यात्रा गर्ने परिकल्पना गरेको थियो। तर, महेन्द्रको त्यो सपना साकार हुन सकेन।
हाल सप्तकोशीमा जहाज सञ्चालन गरिरहेका व्यवसायीहरूका अनुसार नेपालमा हालसम्म जलयातायातसम्बन्धी स्पष्ट कानुन छैन। त्यसैले उनीहरूले ¥याफ्टिङ वा अन्य बोट सञ्चालन अनुमति लिएर चलाइरहेका छन्। व्यवसायी राजेन्द्र कार्की भन्छन्, ‘जहाज चलाउने, यात्रु बोक्ने भनेर सम्भवतः कसैले पनि अनुमति पाएका छैनन्। यो कानुनी समस्याले हामी अहिले रहरमा मात्र चलाएजस्तो भएको छ।
ओली सरकारले नेपाली ध्वजावाहक पानीजहाज चलाउने घोषणा गरे पनि देशकै नदी नालामा त्यसको चलाउने वातावरण छैन। सप्तकोशी र अरुण, सुनकोसीलगायत नदीका बीचमा ठूला ढुंगा हुँदा जहाज चलाउन समस्या रहेको उनीहरू बताउँछन्।
बराहक्षेत्र मेरिनका सञ्चालक नवीन पौड्याल भन्छन्, ‘बीचका ढुंगा फुटाउन सरकारले सहयोग गरे धनकुटा, भोजपुर मात्र होइन रानीटार, तुम्लिङटार, दोलालघाट, रसुवाघाटसम्म चलाउन सकिन्छ।
नेपाल जलश्रोतमा दोश्रो धनिदेश भएरपनी पानि किनेर खाने दिन छन् नेपालका नदिनालालाई राम्रो व्यवस्थापन र ठुला नदिमा पानि जाहज संचालन गर्न सके यो बाट नेपाललाई राम्रो आम्दानि हुने देखिन्छ ।