surkhet

समितिबाट फरक फरक कुरा आयको हुनाले सरकारले कंसाकारलाई तत्काल निलम्बन नगर्ने ,,

surkhet

पुस,२६ काठमाडौं – सरकारले वाइडबडी विमान खरिद प्रकरणलाई लिएर नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन नगर्ने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

Gorkha

सरकारले पूर्वन्यायाधीश गोविन्द पराजुलीको नेतृत्वमा आयोग गठन गरेको थियो, जसलाई ४५ दिन म्याद दिइएको छ । विपक्षी दलका नेताले समेत माग गरेर आयोग बनाएको भन्दै बास्कोटाले यसलाई ढाकछोपको प्रयासका रुपमा नबुझ्न आग्रह गरे ।

Dailekh

उपसमिति र मूल समितिबाट अलग अलग कुरा आयको छ हतारमा निर्णय गर्नु भन्दा पुरा निष्कर्ष आयपछी विषले किनारा पाउने उनको धारणा छ ।

वाइडबडी विमान खरिद प्रकरणमा कंसाकारले घोटाला गरेको भन्दै केहिदिन अगाडी उनकै कार्यकक्षमा विप्लव पक्षका कार्यकर्ताले उनलाई कालो मोसो दलेका थिए ।

salyan