Simta
Gurvakot
Gurvakot

नीतालाई पञ्चायतबाट ग्लोबल नेपाली फिल्म अवार्ड ,,

पुस २६ ,अमेरिका – अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। सम्पन्न अवार्ड समारोहमा नायिका निता ढुंगानाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट नेपालि ग्लोबल अवार्ड सात पारिन ।भने यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन्।

यस्तै स्टार अफ दी इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन्। उनको २०७४ मा प्रेम गीत २ र लिलीबिली गरी दुई फिल्म सफल भएका थिए।सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक फिल्म छक्का पञ्जा–२ ले पाएको छ। यही चलचित्रकी निर्देशक दीपा श्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिन्।

Simta

चलचित्र छक्का पञ्जा २ बाट सहअभिनेताको अवार्ड पनि जितु नेपालले, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड केदार घिमिरे (माग्नेबूढा) र सर्वोत्कृष्ट छायाकारको अवार्ड पुरुषोत्तम प्रधानले प्राप्त गरे।

lekbesi

कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो। जसअन्तर्गत सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र कृबाट रूपा रानाले जितिन्। संगीततर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पलले प्राप्त गर्‍यो।