पृथ्वी जयन्तीमा नेपालगन्ज उपमहानगरमा बिदा ,,

पुस २६ , नेपालगन्ज -नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिए। राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा विजयी भएका हुन्।

‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल एकिकरण गर्ने राजा पृथ्वी नारायण शाह नेपालिको मन मुटुमा बसेका छन् ।उनले बाईसे चौबिसे राज्यलाई एकिकरण गरि सिंगो नेपाल निर्माण गरेका थिए ।