रुकुम चौरजहारी

दुवैमा ९ जना नेपालीलाई सुन उपहार ,,

रुकुम आठ विसकोट

पुस २७ ,युएई – युएई अल अहलिया एक्सचेन्ज युएईको विन्टर प्रोमोसन योजनामा ९ जना नेपालीले सुन उपहार पाएका छन् ।साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् ।यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो ।

 

सुन उपहार पाउने नेपालीहरुमा बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग छन् ।१ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए ।

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो ।योजनामा सहभागी भइ युएईको कुनैपनि शाखाबाट आˆनो देशमा पैसा पठाउने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएकाहरुले सुन जितेका हुन् ।

उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा एक्सचेन्जका जेनेरल म्यानेजर कमल सुब्बा, अपरेसन म्यानेजर सलमान खालिद, मार्केटिङ्ग म्यानेजर सन्तोष नाहीर, नेपाल प्रमुख वेनीमाधव ढकाल, एपीएस प्रमुख अमीर इक्बललगायतको उपस्थिति थियो ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले जोड दिदै आएको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।एक्सचेन्जले वर्षमा दुईपटक ग्राहक लक्षित योजना ल्याउने गरेको ढकालले बताए ।