Simta
Gurvakot
Gurvakot

ईन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो ,,

पुस २७ , काठमान्डौ – सरकारले हवाई उडानको भाडा घटाएको छ। नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा घटाएका हो । घटेको भाडा आउदो आईतबारबाट लागु हुने छ।

निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएको छ आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्वज थापाले जानकारी दिए।

संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ।हवाई इन्धनको मूल्य घटेकोले फ्युल चार्जवापतको शुल्क घटाउँदा हवाई भाडा पनि घटेको संघले जानकारी दिएको छ।

lekbesi
Simta

संघका अनुसार सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ। सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ। काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ।

आन्तरिक उडानमा काठमाडौं सिमरा सबैभन्दा छोटो दूरीको (२० मिनेट) र काठमाडौं धनगढी सबैभन्दा टाढा (सवा घण्टा)को गन्तव्य मानिन्छ।

तेस्तै वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ।