suekhet
bheriad

सरकारले गर्यो जग्गाको कित्ताकाट फुकुवा ,

lekabesi

पुस,२७ काठमाडौं –  डेढ वर्षअघि बाट जग्गा दलालीलाई हैरान र टाउको दुखाई विषयको कुरा सुल्झीयको छ। मन्त्रीस्तरीय निर्णय उल्टाउँदै सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यससँगै कित्ताकाट रोक्न तत्कालीन मन्त्री गोपाल दहितले २६ साउन २०७४ मा गरेको सम्पूर्ण निर्णय खारेज गरेको छ ।

त्यतिबेला मन्त्रालयले ‘जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिइकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण गरी घडेरीको रुपमा बिक्री वितरण गर्न/गराउन पाउने छैन’ भन्ने निर्णय गरेको थियो ।

अब सम्बन्धित स्थानीय तहले ‘खेती योग्य जग्गा’ होइन भनेर सिफारिस गरेपछि कित्ताकाट हुनेछ ।यसका लागि प्रत्येक स्थानीय तहमा प्राविधिक समिति बनाइने मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि योग्य जग्गाको खण्डीकरण सम्बन्धमा शुक्रबार जारी निर्देशनमा भनिएको छ,। ‘फिल्डबुकमा शहरी क्षेत्रको किसिम ‘क’देखि ‘ङ’सम्म कायम भएका वा बसोबास तथा व्यावसायिक क्षेत्र किसिम जनिएका वा फिल्डबुक वा स्रेस्तामा अन्य जुनसुकै किसिम जनिए तापनि स्थानीय तहबाट खेती योग्य जग्गा होइन भन्ने व्यहोरा लेखी आएका कित्ता जग्गाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम खण्डीकरण वा कित्ताकाट गर्ने’ भनिएको छ ।

कृषि योग्य पनि कित्ताकाट हुने

नेपाल सरकारको आधिकारिक निकायले जग्गा विकास योजना संचालन गरेको हकमा भने कृषि योग्य जग्गा पनि कित्ताकाट गर्न पाउने मन्त्रालयको निर्णय छ । यद्यपि, निर्देशनमा ‘यसरी कित्ताकाट गर्दा यथासम्भव कृषि योग्य जग्गाको संरक्षण हुने गरी गर्नुपर्ने’ भनिएको छ ।

निर्देशन अनुसार भूकम्प पीडितहरूको स्थानान्तरण एवं एकीकृत बस्ती बिकासको लागि कित्ताकाट गर्न आवश्यक रहेको भनी राष्ट्रिय पुनः निर्माण प्राधिकरण र सो अन्तर्गतको कार्यालयबाट लेखी आएमा सोही बमोजिम कित्ताकाट गर्न सकिन्छ ।

यस्तै, पुनः नापी सम्पन्न भइ हालसाविक दर्ताको क्रममा कित्ताकाट गर्नुपर्ने भए प्रचलित व्यवस्था बमोजिम कित्ताकाट गर्न पाइने भएको छ । तर, यसरी कित्ताकाट गर्दा साविकको एक कित्ताको हालसाविक गर्दा हाल कायम बाटो, कुलो आदिले छुट्याएको कारणले बाहेक एक भन्दा बढी कित्ता कायम गर्न नपाइने भएको छ ।

कित्ताकाट गर्न नपाइने जग्गा

मन्त्रालयको निर्देशनपछि पनि कृषि उत्पादन घट्ने गरी भूमिको जथाभावी खण्डीकरण गर्न भने पाइने छैन । जग्गाको प्लटिङ गरी वा अन्य कुनै प्रकृयाबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले खेती योग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी खडेरीको रुपमा बिक्री वितरण गर्न वा हक हस्तारण गर्ने गरी लिखत पास गर्न नपाइने निर्देशनमा उल्लेख छ ।