suekhet
bheriad

निरुताले छोडेको चलचित्रलाई संचिताले पुरा गर्ने ,,

lekabesi

नेपालि नायिका निरुता सिंहले समय अनुसार काम गर्न नपाएपछि उनको चलचित्र पछि सरेको मात्र हैन त्यो चलचित्र अरुलाईनै दिन पन पर्ने भयो ।

नायिका निरुता सिंह अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन् । निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको ‘हजार जुनी सम्म’मा उनले काम गर्ने कुरा थियो ।

तर निरुताले समय नदिएपछि चलचित्र हजार जुनीमा अर्की नायिका संचिता लुइटेलले काम गर्ने भएकि छिन । विकासले निर्माण गरेको चलचित्र ‘नाई नभन्नु ल ३’मा काम गरेकी संचिता सो समयमा यसको निर्माणपक्षसँग रिसाएकी थिइन् ।

नायिका संचिताले यो चलचित्रमा काम गर्ने पक्का भएपछि उनी र निर्देशक विकासराज आचार्यको सम्बन्ध सुध्रिएको अड्कल लगाउन सकिन्छ ।