Simta
Gurvakot
Gurvakot

किन हुन्छ चलचित्रको प्रदर्शनमिति डेट परिवर्तन ,,

बक्स अफिसमा चलचित्र हरुको रिलिज मिति कहिले राख्ने भन्ने चर्चा प्राय चलिरहन्छ। कतिपय राम्रा चलचित्रले भनेको समयमा आफ्नो प्रदर्शन मिति पाउदैनन,।

कतिपय चलचित्रले भने छायांकन कार्य सुरु नहुदै प्रदर्शन मिति तोक्ने गर्दछन। भने कतिपयको मिति तोकेर पनि छायांकन कार्य नसकीयर पनि प्रदर्शन मिति थप्न पर्ने हुन्छ ।

याँहा चलचित्र प्रेमलिलाको प्रदर्शन मिति पनि यस्तै भएको छ ।माघ २५ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘प्रेमलीला’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । अब यो चलचित्र फागुन १० गते बाट प्रदर्शनमा आउने छ ।

lekbesi
Simta

चलचित्रको भिएफएक्सको काम नसिकएकाले चलचित्रलाई पछाडि सारिएको निर्माण पक्षले बताएको छ । चलचित्रले दुईवटा गीत पनि सार्वजानिक गरेको छ। चलचित्रको तत्कालै ट्रेलर पनि सार्वजानिक हुने निर्माणपक्षले जानकारी गरेको छ।दीपशिखा खड्काको कथा तथा लेखन रहेको चलचित्र लाई फागुन १० बाट दर्शकले हेर्न पाउने छन् ।

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायतको मुख्य भूमिका छ। नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा महेश खड्का, नबिन कार्की र बिराज शाहको संगीत रहेको छ ।

चलचित्र प्रेमलिलामा नायिका दीपशिखा खडकाले कपाल मुनडन गरेर खतरनाक एक्सन गरेकी छिन ।चलचित्रमा यौटा हिन्दि गीत पनि राखीएको छ ।