suekhet
bheriad

ज्योति मगरको प्रहरीलाई प्रश्न, निर्मलाका हत्यारा नपक्रन सक्नेले होटलमा बसेका जोडी किन पक्रने ?

lekabesi

पुस २९ अर्घाखाँची – लोक गायिका तथा मोडल ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु:ख दिने अधिकार नभएको तर्क गरिन । चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योती सन्धिखर्कमा आएकी हुन्।

 

ज्योती मगर जब स्टेजमा पुग्छिन तब दर्शकको माहोल तातिनछ । उनले युवा पुस्तालाई उत्तेजक बनाउने गीत र पोसाक पहिरन गरि मोहोत्सवमा जाने गर्छिन ।

तीजको गीत ढाडे बिरालो गीत गायर उनि दर्शकमाझ निकै आलोचित बनेकी थिइन । ज्योति भन्छिन, केहि दर्शकले गालि गरेपनि मलाई थुप्रै दर्शकले माया गर्नुहुन्छ मा खुसि छु ।

कार्यक्रममा कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले दर्शकलाई झुमाएका थिए ।