Simta
Gurvakot
Gurvakot

माघे संक्रान्तिका लागि मागभन्दा बढी तरुल बजारमा मूल्य पनि सस्तो ,,

पुस ३० ,काठमान्डौ – माघेसक्रान्तिको लागि बजारमा तरुलको व्यापार बढ्दो देखिएको छ ।यो वर्ष पोहरसाल भन्दा अत्यधिक तरुल बजारमा ढुवानी भयको छ ।

यो वर्षमात्र नवलपुर जिल्लाबाटै काठमाडौं र पोखरामा एक सय २० भन्दा बढी तरुल लगिएको छ । थोक भाउमा किसानसँग प्रतिकिलो ८० देखि ९० रुपैयाँका दरले खरिद गरी एक सय रुपैयाँका दरले ब्यापारीले बिक्री गरेका छन् ।

कृषि उपज बजार व्यवस्थापन समितिले कावासोतीमा पहाडी तथा ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि उपजलाई कावासोतीमा जम्मा गरेर बाहिरी सहरहरुमा पठाउने गर्दछ । यस बर्ष भने व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लगेका थिए ।

lekbesi
Simta

माघे संक्रान्तिमा खाइने विभिन्न परिकारमध्ये तरुल मुख्य हो । पञ्जे (हात्तीपाइले) तरुलका अलावा वन तरुल, मोडे तरुल, सखरखण्ड बजारमा उपलब्ध छन् ।माघ संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ ।

यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको छ । स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए ।बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ ।