Simta
Gurvakot
Gurvakot

बर्षा रावत भ्यालेन्टाइन डेमा बिहे गर्दै ,,

नायिका वर्षा रावतले आफुले बिहे गर्ने जमर्को गरेको खबर सार्वजानिक गरेकी छिन लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो ।

Simta

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेम चलचित्र क्षेत्रमा मात्र नभएर उनीहरुको फ्यानमाझ पनि चर्चित छ ।

lekbesi