विभिन्न तामझामका साथ माघी पर्व मनाईदै ,,

माघ,१ , काठमाण्डौ – आज देशैभर नेपालिहरुको चाड माघेसक्रान्ति सुरु भयको छ ।आज काठमाण्डौको टुडी खेलमा ठुलो कार्यक्रमको आयोजना का साथै मेला लाग्ने गरेको छ ।मेलामा विभिन्न जात जातिले आ आफ्नो धर्म अनुसार नाच प्रस्तुत गर्ने गर्दछन।

तेस्तै रुपन्देहीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा माघी मनाउन महोत्सव नै आयोजना गरिएको छ । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।

lekbesi

महोत्सवमा विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचरलगायतका थारु परिकार राखिएको छ ।

आयोजक संस्थाका अध्यक्ष पल्टन थारुका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहहरुमध्ये थारु समुदायको बाहुल्यता भएको स्थानहरुबाट सहभागीहरु आइरहेका छन् ।