सुर्खेत बोटेचौरमा आजदेखि माघी महोत्सव सुरु ,,

माघ १ , सुर्खेत – वीरेन्द्रनगर सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने बोटेचौरमा आज देखि माघी महोत्सव सुरु भयको छ ।महोत्सवलाई कृषि मन्त्रि बिमला केसीले उद्घाटन गर्नुभयको थियो ।

माघ १ गते देखि १० गते सम्म सुरु हुने यो २०७५ माघी महोत्सवमा राट्रिय ख्याति प्राप्त तथा स्थानिय कलाकारले दर्शकलाई मनोरंजन गराउने छन् ।दैनिक १५ देखि २० हजार दर्शकको आगमन हुने यो बोटेचौर मेला परम्परागत देखि शुरु हुँदै आयको मेला ब्यबस्थापक हिरा बिकले जानकारी गर्नु भयको छ।

कार्यक्रममा नायक भुवन केसी , हास्यकलाकार माग्ने बुढा , जितु नेपाल ,धनराज चुनारा , कुलेन्द्र बिक , जय किशन बस्नेत प्रमोद खरेल , शान्ति श्री परियार करिश्मा घर्ति मगर लगायत ६० जना भन्दा बढी कलाकारको सहभागिता हुने छ ।कार्यक्रममा विभिन्न किसिमका खेल साथै , एकल गीत , नाचको पनि आयोजना गरिएको छ ।

lekbesi

युवाहरुको अभियान ,कृषि , कलासांकृति ,खेलकुद ,पर्यटन तथा व्यापारको प्रबदन भन्ने मूल नारा बोकेको यो माघी महोत्सवलाई मुख्य आयोजक दिपिशिखा समाज सुधार केन्द्र र गुर्भाकोट ९ वडा कार्यालयले आयोजना गरेको हो ।

, दर्शकलाई थप मनोरंजन दिने उदेश्ले महोत्सवमा हेलिकोप्टर पनि प्रयोग गरिने छ। हेलिकोप्टरबाट दर्शकलाई रारा सम्म घुमाउने भनिएपनि मौसमका कारणले यो असमर्थ भयको छ ।

सुर्खेत भ्याली , जुरुमालिका लेख लगायतका ठाँउमा दर्शकले हेलिकोप्टर चढेर मनोरंजन लिने दीपशिखा सुधार समाजका कोशा अध्यक्ष तथा बोटेचौर महोत्सवको आर्थिक संयोजक यमराज बिकले जानकारी गरेका छन् ।

कृपया समाचार पढिसकेपछि हाम्रो पेज लाईक https://www.facebook.com/rangadarpan1/messages/

तथा मनोरंजन भिडियो हेर्न च्यानल सब्स्क्राईब गर्न नभुल्नु होला धन्यवाद ,